`

सरकारको आँखा र कान छ कि छैन : महेश बर्तौला

Nepal One HD ९ जेठ २०८० १२:३९
राजनीति

काठमाडौँ – नेकपा एमालेका सचेतक महेश बर्तौलाले पशु चौपायामा लाग्ने लम्पी स्कीन रोगका कारण किसान मारमा परेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गदै उनले देशका धेरै भागहरूमा यसको असर परेको बताएका हुन् ।

उनले भने, ‘सरकारको आँखा र कान छ भने पटक पटक सो संसदमा लम्पी स्कीन रोगका बारेमा पटक पटक माननीयज्यूहरुले कुरा राख्नुभयो, मैले पनि पटक पटक विषय राखेँ । मकवानपुरमा २ सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके । ५ हजारभन्दा बढी गाईहरू सङ्क्रमित छन् । देशका धेरै भागहरूमा यसको असर छ । पटक पटक भनियो, सरकार देख्दैन, सरकार सुन्दैन ।’

उनले यो समस्या समाधानमा, पीडित गाईपालक किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।


प्रतिक्रिया