कीर्तिमानी आरोहीलाई उपराष्ट्रपतिको बधाई
समाचार
काठमाडौँ – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुवै खुट्टा नभएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हरि बुढामगर र कीर्तिमानी आरोही कामिरिता शेर्पालाई बधाई दिनुभएको छ । आज एक वक्तव्य जारी गरी उहाँले पर्वतारोही कामिरिता शेर्पाले २८औँ पटक सगरमाथा आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेकामा बधाई दिनुभएको हो ।
“यी दुई सफल हिमाल आरोही बुढाथोकी र शेर्पाको लगन, धैर्य, साहस र गौरव सबैका लागि सदैव प्रेरणाको स्रोत बन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभएको छ । उपराष्ट्रपतिले उहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
