शरणार्थी प्रकरणमा नाम आएका सवैमाथि अनुसन्धान नेकपा एसको माग

राजनीति

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सवैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।
पार्टी कार्यालय तीनकुनेमा बिहीबार बसेको समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै अव हुन सक्ने सम्भावनाका आधारमा नाम आएका सवैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रम, आगामी बजेट सरकार र प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
त्यस्तै बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबारबाट नर्वेमा हुने आफ्नो भ्रमणका बारेमा पनि जानकारी गराउनुभएको खतिवडाले बताउनुभयो । अध्यक्ष नेपाल नर्वेमा हुने माउन्ट समिटको प्रमुख अतिथिका रूपमा त्यसतर्फ जान लाग्नुभएको खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट