`

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्रीले गरिन् स्वागत

Nepal One HD १७ जेठ २०८० १६:१४
राजनीति

​​​​​​काठमाडौं – चार दिने औपचारिक भ्रमणका सिलसिलामा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी  छन् । बुधबार दिउँसो करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै  दाहाल दिल्ली गएका हुन् ।

दिल्लीस्थित नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । विमानस्थल बाहिर सांस्कृति टोलीले झाँकी प्रदर्शन गरेको थियो ।

नेपालका प्रधानमन्त्रीको स्वागतका लागि विदेशमन्त्री विमानस्थलमा आउने पुरानो परम्परा रहेपनि एस जयशंकर प्रचण्डलाई स्वागत गर्न पुगेनन् ।

पछिल्लोपटक शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा पनि रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

प्रचण्ड दोस्रोपटक भारत भ्रमणमा जाँदा विदेशमन्त्री सुस्मा स्वराज स्वागतका लागि विमानस्थलमा आएकी थिइन् । 
 


प्रतिक्रिया