‘भैँसी चढेर आएको’ भनेपछि माओवादी सांसदहरूले गरे विरोध

प्रमुख खबर

काठमाडौँ – रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भनेर चर्चा भइरहेको बताएपछि माओवादीले सांसदहरूले उठेर विरोध गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी दिनुभयाे । यसपछि प्रश्नोत्तर कार्यक्रमअनुसार रास्वपा सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आउँदा पोखरा विमानस्थलमा अवतरण गर्नुहोला भनेको त भैंसी चढेर आउनु परेकाे भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमा आपत्ति जनाउनुभयाे । उहाँले अमर्यादित शब्द रेकर्डबाट हटाउन माग गर्नुभयाे ।
यसपछि एमालेसहितका सांसदहरु उठेर विरोध जनाए । यसपछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले एकअर्काविरुद्ध हुटिङको शैलीमा प्रस्तुत भए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट