`

प्रधानमन्त्री प्रचण्डलाई नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ? : महेश बर्तौला

Nepal One HD २२ जेठ २०८० १४:२६
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे दिएको जवाफ सदनलाई ढाँटेको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले रोष्ट्रममा उभिएर सिंगो देश र सदनलाई ढाँट्नुभयो, झूट बोल्नुभयो । उहाँले भनेकै विषयमा हामीले हिजैदेखि विषयवस्तु राखेका थियौं । उहाँले अन्तर्वार्ताको क्रमममा नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानीलगायत विषयलाई सट्टपट्टा गर्न सकिने अभिव्यक्ति दिनुभयो । यो हामीले भनेका होइनौं प्रधानमन्त्रीको मुखबाट आएको विषय हो । नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ?’


प्रतिक्रिया