नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरू खुसी भएका छन् : अध्यक्ष नेपाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरू खुसी भएको बताउनुभएको छ ।
प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्टे्लिया र न्यजिल्याण्डको भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएका अध्यक्ष नेपालले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालहरूको समस्या समाधान भएको प्रति उनीहरू उत्साहित भएको बताउनुभएको हो ।
उहाँले अष्टे्लियामा नेपालबाट नेपाली बिमान सिधै जानका लागि पहल भइरहेको जानकारी पाएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा आफू बाहिर रहँदा पनि प्रधानमन्त्री र नेताहरूसँग कुराकानी गरेको अव यस विषयमा थप छलफल गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै उहाँले बजेटका विषयमा आएका चर्चाका विषयमा आफू जानकार रहेको भन्दै यस विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गर्ने जानकारी दिनुभयो ।
सगरमाथाको आरोहणको ७० औँ बर्षदिवसको कार्यक्रम सहभागी भएर अध्यक्ष नेपाल स्वदेश फर्कनुभएको हो ।