`

बजेट समाजवाद उन्मुख छैन, प्रदूषित र विभेदकारी मनसाय देखियो : उपेन्द्र यादव

Nepal One HD २४ जेठ २०८० १४:१९
राजनीति

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद् उपेन्द्र यादवले बजेट निर्माणको प्रक्रियानै गलत भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै जसपा सांसद् यादवले बजेट निर्माणको प्रक्रिया गलत देखिएको र निर्माणमा घुसपैठ हावी भएको दावी गरे।

यादवले भने, ‘मधेशका जनतामाथि गोली ठोकेर घोषणा गरेको संविधान हो यो । यो बजेट वास्तवमा समाजवाद उन्मुख छदै छैन । बजेट नवउदारवादी  छ ।’ कुरा गरेर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने उनले बताए । यादवले भने, ‘गरिब,बेरोजगारीलाई बजेटले समेटेन । बजेट कर्मचारीलाई लेखाउँदा तराईमा मधेसीहरू बस्छन्,उनीहरुलाई विकासको धारमा ल्याउनु हुँदैन भनेर बजेट लेख्याजस्तो छ ।’ 

बजेटमा नश्लवादको चिन्तन स्पष्ट देखिएको उनको भनाइ छ।  यादवले भने,‘बजेटमा कृषिलाई प्राथमिकतामा पारिएन । कृषिमा आत्मनिर्भर भन्ने बजेट कम छुट्याउने ? किसानमुखी बजेट भएन ।’ बजेट निर्माण गर्दा प्रदूषित मनसाय हुन नहुने बताए । बजेट विभेदकारी भएको बताए । 


प्रतिक्रिया