`

वामदेवजी गौतमको सदस्यता एमालेमै छ : अध्यक्ष ओली

Nepal One HD २४ जेठ २०८० १९:१८
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्यात्मक रुपमा वामदेव गौतमको पार्टी सदस्यता एमालेमै भएको बताउनुभएको छ  ।

वामदेव गौतमले ७० वर्षे उदेरहद निलम्बन मात्रै हो हट्नुपर्थ्यो यो हटेर अध्यक्षले भन्नुभयो भने एमालेमा जान्छु । मेरो सदस्यता त्यहीँको छ भन्नुभएको छ ? भन्ने प्रश्नमा उनले सञ्चारकर्मीको प्रश्नमा भने, ‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो । अनि कुरा बाँकी छ केही । थप कुरा ।’

नेता गौतमले आफुले नयाँ पार्टी नखोलेर बाम एकताको अभियान मात्रै चलाएको बताउनुभयो ।

उहाँलाई पार्टीमा भित्र्याउनुहुन्छ? भन्ने अर्को प्रश्नमा ओलीले भन्नुभयो, ‘ठीक छ उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

नेता गौतमले २०७८ भदौमा एमालेबाट अलग भएर ७० वर्षे उमेरहद हटाउनुपर्ने बताउँदै आउनुभएको थियो । शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद हटाइसकेको छ। 


प्रतिक्रिया