`

प्रतिनिधिसभा बैठक: आजबाट बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने

Nepal One HD १० असार २०८० ७:२६
प्रमुख खबर

काठमाडौँ – आज प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो । 

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ।

आजको बैठकबाट सांसदहरूले सोधेको प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यको सुरुवाती हुनेछ ।  जसअनुसार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

गत असार ८ गतेको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत आजको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफल सकिएको थियो ।


प्रतिक्रिया