`

प्रचण्डले हिजो जनयुद्धमा अपराधी हुन सिकाए, अहिले अपराधीको संरक्षण गरिरहेका छन् : महेश बस्नेत

Nepal One HD १० असार २०८० ११:१०
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो जनयुद्धमा अपराधी हुन सिकाए, अहिले अपराधीको संरक्षण गरेको बताउनु भयो ।

शनिबार राष्ट्रिय युवा संघ नेपालको यूथ फोर्स विभागले काठमाडौंमा आयोजना गरेको नवयुवाहरूलाई स्वागत कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले प्रचण्ड नेतृत्वको सरकारले आफ्नो स्वार्थ र शक्तिको लागि मात्र काम गरेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको यूथ फोर्स विभागले शनिबार काठमाडौंमा आयोजना गरेको नवयुवाहरूलाई स्वागत कार्यक्रममा बोल्दै नेता बस्नेतले वर्तमान सरकारले भ्रष्टाचार, अनियमितता, कुशासन, अपराधीको संरक्षण, राष्ट्रहित विपरीत नागरिकता विधेयक पारितलगायतका असङ्ख्य जनघाती कार्य गरेको बताउनुभयो ।

सरकारले टीकापुर घटनाका दोषीको मात्र होइन उपप्राध्यापक प्रेम चलाउनेलाई सांघातीक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा समेत फिर्ता लिएर अपराधीलाई संरक्षण गर्ने काम गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘प्रचण्डले हिजो जनयुद्धमा अपराधी हुन सिकाए, अहिले अपराधीको संरक्षण गरिरहेका छन्’, बस्नेतले भन्नुभयो ।

बस्नेतले माओवादी नेतृत्वको गठबन्धन सरकार हटाएर नयाँ सरकार बनाउनुपर्ने बताउनुभयो । कांग्रेस र एमालेको नेतृत्वमा सरकार बताएर समृद्धिको रोकिएको अभियान अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रियतालाई बेचेर मुर्रा भैँसी ल्याएको बस्नेतले बताउनुभयो । राष्ट्रघाती नागरिकता विधेयक प्रमाणित गरेर प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियतालाई तिलाञ्जली दिएको बस्नेतको भनाइ छ । मुलुकलाई जोगाउन एमालेले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बस्नेतले बताउनुभयो ।

एमाले का केन्द्रिय सदस्य किरण पौडेल ले आफुले ले बोल्ने क्रम मा देश बनाउने हो भने यी नव युवा हरुको साथ लिएर हिड्दा मात्र सम्भब छ र त्यसैले समृद्ध को पहिलो पिलर युवाहरु रहेको बताउनु भयो ।

कार्यक्रममा संघका अध्यक्ष क्षितिज थेबे,सचिब जय गुरुंग,खेम शर्मा प्रबक्ता निरोज पौडेल को उपस्थीति रहेको थियो॥


प्रतिक्रिया