`

राष्ट्रियसभा बैठक : विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल हुने

Nepal One HD २० असार २०८० ८:३३
प्रशासन

काठमाडौँ – राष्ट्रियसभा बैठक बस्दैँछ ।  

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा आज दिउँसो २ः३० बजे राष्ट्रियसभा बैठक बस्न लागेको हो। आजको बैठकमा विनियोजन २०८० विधेयक अन्तर्गत मन्त्रालयगत रूपमा छलफल हुनेछ ।  

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना  प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय माथि छुटाईएको बजेटमाथि छलफल हुनेछ ।


प्रतिक्रिया