सोलुखुम्बूको लामाजुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त
समाचार
काठमाडौं / लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।
लुक्लाबाट काठमाडौंका लागि उडेको यो हेलिकोप्टर दूधकुण्ड नगरपालिका २ लामाजुरा पासमा दुर्घटना भएको खबर आएपछि अहिले प्रहरीको टोली त्यसतर्फ लागेको छ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ। हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
