`

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

Nepal One HD २७ असार २०८० १०:५०
राजनीति

काठमाडौँ /  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।  

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले बैठक स्थगित भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको बताइएको छ ।


प्रतिक्रिया