`

श्रद्धाञ्जलीका लागि दाहालको पार्थीव शरीर पेरिसडाँडामा

Nepal One HD २७ असार २०८० ११:४०
राजनीति

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान ८: ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित हुनुहुन्थ्यो ।


प्रतिक्रिया