मदिराको मातमा मधुशालामा आगजनी, एघार जनाको मृत्यु
विश्व
मेक्सिको सिटी / उत्तरी मेक्सिकोमा मदिराको मातेको एक व्यक्तिले मधुशालामा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छभने अन्य चार जना घाइते भएका छन् ।
उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिबार उक्त घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आक्रमणमा सात जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका छन् ।
मदिराले मातेको एक अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा बारमा आगो झोसेको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । मदोन्मत्त उसले बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उसलाई बारबाट निष्काशन गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
