‘अन्तराष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्य रुपमा मनाइने तयारी
काठमाडौँ / ‘अन्तराष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्य रुपमा मनाइने तयारी भएको छ ।
आगामी साउन २८ गते दिवस मनाउन युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्वुको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । युवाहरुलाई देश र जनताप्रति जवाफदेही हुने गरी काम गर्न प्रेरित गर्ने उद्देश्यले दिवस मनाउन लागिएको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उक्त दिन विहान काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरी कार्यक्रम समेत आयोजना हुनेछ । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी बल लगाएत राष्ट्रिय खेलकुद परिषदको समेत सहभागिता हुने बस्नेतले बताउनुभयो । उहाले पछिल्लो जनगणना अनुसार नेपालमा युवाको संख्या ४० दशमलव ५६ प्रतिशत रहेको जानकारी दिनुभयो ।
संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट १२ को दिन विश्वव्यापी रुपमा सो दिवस मनाउने गरिन्छ ।
