गुल्मी छापा हिलेका झबिन्द्र आचार्य एनसिसि कतारको सह-कोषाध्यक्षमा निर्वाचीत
काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकाल २०२३-२०२५ को लागि समाजसेवी झबिन्द्र आचार्य सह-कोषाध्यक्षमा भारी मतले विजयी भएका छन ।
सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका सामाजिक अभियन्ता आचार्य बिभिन्न सामाजिक संस्थामा आवद्द छन ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ छापा हिलेमा जन्मेका आचार्यले कतारमा आफ्नो व्यवसाय गर्दै आएका छन भने बचेको समयलाई समाज सेवामा समर्पित गर्दै आएका छन । लामो समयदेखि समाज सेवामा लागेका आचार्य गुल्मी सेवा समाज कतारका पुर्व अध्यक्ष समेत हुन । आचार्य कतारमा गुल्मी यातायातको नामबाट पनि परिचित छन ।
कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा निर्वाचित भएपश्चात आचार्यले नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
साथै गैरआवासीय नेपाली संघका विभिन्न अभियानलाई पुर्णता दिन, थप उर्जा प्रदान गर्न र पछिल्लो चरणामा संघमा देखिएको बिबादास्पद कोषलाई समाधान तथा मजबुत बनाउनको लागि पनि आफूले भुमिका खेल्ने जनाएका छन ।
एनसिसि कतारको सह-कोषाध्यक्षमा निर्वाचीत झबिन्द्र आचार्यलाई धेरै बधाई र सफल कार्यकालको शुभकामना ।
