`

संसदीय समिति सभापतिको भागबन्डा टुंगियो, रास्वपा र राप्रपाले पाएनन्

Nepal One HD २२ साउन २०८० १२:०९
प्रमुख खबर

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीय दलको बैठकमा संसदीय समितिको सभापतिको भागबन्डा मिलिसकेको जानकारी गराएका छन् ।

प्रचण्डले पार्टीमा जानकारी गराए अनुसार प्रतिपक्षी दल नेकपा एमालेसहित ६ दलले मात्र समितिको नेतृत्व पाउने भएका छन् ।

जसअनुसार संसदको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले ४ वटा समिति सभापति पाउनेछ । एमालेले ३ र माओवादी केन्द्रले २ तथा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीले एकएक समितिको सभापति पाउनेछन् ।

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने समिति सभापति नपाउने भएका छन् ।


प्रतिक्रिया