`

एमालेको अवरोधका कारण शुक्रबार पनि राष्ट्रियसभाको बैठक स्थगीत

Nepal One HD २६ साउन २०८० १२:२६
राजनीति

काठमाडौँ / नेकपा एमालेको अवरोधका कारण शुक्रबार पनि राष्ट्रियसभाको बैठक प्रभावित भएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने भन्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरि बैठक स्थगीत भएको हो । बैठकको सुरुमा केहि सांसदहरुले धारणा राखेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यसूचीका कार्यक्रमलाई अघि बढाउन खोज्दा एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

एमाले सांसदहरुले उठेर विरोध जनाएपछि आफुहरुले पनि बोल्न पाउनुपर्ने र कार्यसूचीलाई अघि बढाउनुपर्ने भन्दै सत्ता पक्ष सांसदहरुले पनि उठेर विरोध जनाएका थिए । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गर्दा पनि विरोधलाई निरन्तरता दिएपछि बैठक साउन ३१ गतेसम्मका लागि बैठक स्थगीत गर्नुभयो ।


प्रतिक्रिया