`

एमाले सचिवालयले टुंग्यायो प्रदेश अधिवेशनको मिति

Nepal One HD २९ साउन २०८० १४:५४
प्रमुख खबर

काठमाडौँ / नेकपा एमालेले प्रदेश अधिवेशनको मिति टुंग्याएको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशन भदौ र असोजमा गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले बताउनु भयो ।

उहाँका अनुसार भदौ १६ र १७ लुम्बिनी, असोज ५ र ६ मधेश, असोज ८ र ९ बागमती, असोज १० र ११ कर्णाली, असोज १२ र १३ कोशी, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र असोज २१ र २२ सुदुरपश्चिम प्रदेशको अविधेशन गर्न लागेको हो ।

एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो।


प्रतिक्रिया