बर्माबाट लखेटिएर नेपाल छिरेका १६ परिवार मारवाडीले देश तहसनहस बनाएः दुर्गा प्रसाईं


काठमाडौं, २ भदौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मारवाडी समाजले निकालेको विज्ञप्तिको प्रतिउत्तर सार्वजनिक गरेका छन् ।
मारवाडीहरुले देशमा लुट मच्चाएर पैसा विदेश लैजाने गरेको बताएपछि प्रसाईंको भनाइमा आपत्ति जनाउँदै वीरगञ्ज उद्योग वाणिज्य संले विज्ञप्ति निकालेको थियो । सो विज्ञप्तिको प्रतिउत्तर दिँदै व्यवसायी प्रसाईंले आफुले सबै मारवाडीलाई दोष नदिएको जिकिर गर्दै बर्माबाट भगाइएका १६ परिवार मारवाडीलाईमात्र आरोप लगाएको स्पष्ट पारेका छन् ।
प्रसाईंको विज्ञप्तिमा भनेका छन्, विज्ञप्तिमा भनिए झैं हामीले कहिल्यै पनि सम्पूर्ण माडवारी समुदायलाई दोष लगाउने काम गरेका छैनौं र गर्ने पनि छैनौं । तर, केही माडवारीहरुले बर्मापनि नेपालमा जस्तै तस्करी गरि आर्थिक रुपमा तहसनहस बनाएको कारणले सन् १९७० साल वा लगभग ४५ वर्ष अगाडि बर्माबाट त्यहाँको सरकारले लखेटेर नेपाल छिरेका १६ परिवार माडवारीहरु जसले नेपालमा आएर पनागरिकता किनेर नेपाली बन्न खोजेर व्यापारको नाममा सुन तस्करी, सुपारी, रक्तचन्दन पेस्ता दाना, भारतीय नक्कली मुद्रा, सर्पको छाला, गाई तस्करीजस्ता चिज अवैध रुपमा आयात निर्यात गरि नेपाललाई तस्करीको अड्डा बनाए, साथै नेपालमा बैंक लघुवित्त, बिमा, पुनर्बिमा, धितोपत्र खरिद बिक्री कम्पनी आदि सञ्चालन गरि नेपाली नागरिकहरुबाट चर्को व्याज असुलेर नेपालीलाई घरवारविहीन सुकुम्वासी बनाइएको छ ।
त्यस्तै प्रसाईंले तिनै माडवारीका कारणले वैंक वित्तीय संस्थामार्फत सर्वसाधारण नेपाली नागरिकलाई आर्थिक र मानसिक यातना दिएर आत्महत्या गर्न विवश भएको पनि बताएका छन् । आफै उद्योग खोल्ने, आफै बैंक खोल्ने, आफै बीमा खोल्ने र आइपिओ र सेवाका नाममा जनताबाट पैसा संकलन गरेर ४० खर्ब पैसा हंगकंग, सिंगापुर, दुबई पुर्याएको प्रसाईले दावी गरेका छन् । प्रसाईंले ३ सय वर्षदेखि नेपालमा बसेर व्यवसाय गर्ने माडवारीलाई आफुले आरोप नलगाएको बताएका छन् ।
साथै विज्ञप्तिमा प्रसाईंले तिनै माडवारीले डेडिकेटेड बिजुली लिएर १२ अर्ब महशुल नतिरेको बताएका छन् । देशका उद्योग, व्यवसाय टाट पल्टाएर पैसा विदेश लगेको भन्दै प्रसाईंले माडवारीहरुको अवैध गतिविधि चलिरहे नेपाली नागरिकले एकदिन लखेट्ने बताएका छन् । उनले सञ्चारमाध्यमलाई पनि सत्यतथ्य बुझेर दलाल र भ्रष्टको पैसा र विज्ञापनका लागि नभई सत्यका लागि आवाज उठाउन प्रसाईंले आग्रह गरेका छन् ।
हेरौं प्रसाईंको विज्ञप्ति
