विप्लव नेतृत्वको नेकपाले एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम गर्ने

प्रमुख खबर

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले एमसीसीविरुद्ध आन्दोलनको कार्यक्रम गर्ने भएको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सो बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम पनि गर्ने निर्णय गरेको छ । स्थायी कमिटी सदस्य अनिल शर्मा बिरहीले पार्टीले काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने बताए । उनले असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया