`

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी सिनेटर होलेनको शिष्टाचार भेटवार्ता

Nepal One HD १५ भदौ २०८० २१:१७
राजनीति

काठमाडौं – नेपाल भ्रमणमा आएका अमेरिकी सिनेटर क्रिस भान होलेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार अमेरिका सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर सिनेटर होलेनले प्रधानमन्त्री प्रचण्ड सँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

भेटघाटमा दुई देशको आपसी हित र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । आफ्नो भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगबारे सम्बन्धित निकायसँग छलफल गर्ने जनाइएको छ ।


प्रतिक्रिया