`

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णालीको यात्रा समाप्त

Nepal One HD २८ कार्तिक २०८३ २०:४६
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। जसमा डेविड मलानले ३५ , कुशल मल्लले १५ रन हिर्काए।

जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ विकेट झारे।यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा ८८ रन बनायो।

जसमा कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए। चितवनका रञ्जित कुमारले ३,सिकन्दर राजा र कमिल मिसराले २र२ विकेट लिए।

चितवनको जितले जनकपुरका साथै कर्णाली याक्स पनि बाहिरिएको छ। जनकपुरले सात खेलमध्ये २ खेल मात्रै जित्यो। कर्णालीको पनि अन्तिम खेल बाँकी रहँदा चार अंक मात्रै रहेकाले एक खेल अगावै बाहिरियो।

सुदूरपश्चिम र लुम्बिनी प्लेअफमा सुरक्षित रहँदा अब काठमाडौं,चितवन र विराटनगरमध्ये २ टोली अन्तिम ४ मा पुग्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *