`

सुदूरपश्चिमले काठमाडौंलाई दियो १२६ रनको लक्ष्य

Nepal One HD २८ कार्तिक २०८३ १४:१६
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो ।

सुरुवातमै दबाबमा परेको सुदूरपश्चिमले मात्र ८ रन जोड्दा आफ्ना चार महत्त्वपूर्ण विकेट गुमाएको थियो । तर कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै टोलीको इनिङ्स सम्हाले । उनले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए ।

त्यस्तै, थरिन्दु रत्नायाकेले २३ बलमा ३ चौकासहित अविजित २६ रन जोड्दा आरिफ शेखले १६ रन बनाए । स्कट कुगेलेइन ६ रनमा आउट भए भने विनोद भण्डारीले १ रन मात्रै बनाउन सके । ब्रान्डन म्याकमुलन र इशान पाण्डे खाता नै नखोली पेभेलियन फर्किए ।

काठमाडौंका लागि जाहान्दद खानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, सन्तोष यादवले ३ ओभरमा १६ रन दिँदै २ विकेट हात पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *