`

टस जितेर काठमाडौंले रोज्यो बलिङ, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

Nepal One HD २८ कार्तिक २०८३ १२:२१
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको जिम्मेवारी दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले बाजी मार्दै फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

यस खेलमार्फत सुदूरपश्चिमको टोलीमा वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेनले एनपीएलमा डेब्यु गर्दैछन्। उनलाई टोलीको हडलमा क्याप प्रदान गरिएको थियो। सुदूरपश्चिमले अघिल्लो खेलको प्लेइङ-११ मा दुई परिवर्तन गरेको छ। अविनाश बोहरा र सैफ जैबको स्थानमा दीपक बोहरा तथा एलेनले मौका पाएका छन्।

यता, डेभिड वार्नरको बिदाइपछि काठमाडौं गोर्खाज पहिलो पटक मैदानमा उत्रिँदैछ। वार्नरले खेलेका चारवटै खेलमा काठमाडौं विजयी भएको थियो। उनको स्थानमा दुशान हेमान्थाले टोलीमा स्थान बनाएका छन्। त्यस्तै, विलियम बोसिस्टोको ठाउँमा साम हिज्लेटलाई प्लेइङ-११ मा समावेश गरिएको छ।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। काठमाडौंले जित हात पारे शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गर्नेछ। सुदूरपश्चिमका लागि पनि जितले क्वालिफायर पुग्ने सम्भावना बलियो बनाउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *