`

३ ओभरमै संकटमा सुदूरपश्चिम, गुमायो ४ विकेट

Nepal One HD २८ कार्तिक २०८३ १२:५६
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवाती तीन ओभरमै चार विकेट गुमाएको छ।

काठमाडौंका बलर जहानदाद खानले दुई विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ लाइनअपलाई दबाबमा पारेका छन्। त्यस्तै, सन्तोष यादवले पनि दुई विकेट हात पारेका छन्।

सुदूरपश्चिमका कुगेलेइनले चार बलमा एक छक्का प्रहार गरे पनि लामो समय क्रिजमा टिक्न सकेनन् र पेभेलियन फर्किए।

दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ। क्वालिफायरमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रिएका दुवै टोलीलाई जित्नैपर्ने दबाब छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *