सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त
प्रशासन
काठमाडौं । सर्वोच्च अदालतले चार जना नयाँ न्यायाधीश पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसअनुसार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्णलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो ।
उच्च अदालतमा मुख्य न्यायाधीश तथा न्यायाधीशका रूपमा कार्यरत उनीहरूलाई न्याय परिषद्ले सर्वोच्च अदालतका लागि सिफारिस गरेको थियो ।
यसअघि संसदीय सुनुवाइ समितिले चारै जनाको नाम अनुमोदन गरिसकेको थियो । सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्तिको निर्णय भएको हो ।
नियुक्तिसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या थपिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
