`

एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवाहाक अध्यक्षमा पुष्प श्रेष्ठ चयन

Nepal One HD १७ भदौ २०८० १०:४९
राजनीति

काठमाडौँ – नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवाहाक अध्यक्ष पुष्प श्रेष्ठ चयन हुनु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावना भ्रमण को टोलीमा संगठनका अध्यक्ष क्षितिज थेबे पनि छन् सो टोली १३ दिनका लागि आज १२:२० मा प्रस्थान हुँदै छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ । भेटमा नेपाल र चीनको द्धिपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ।

संगठनको दैनिकी रुपमा गरिने कामकाज को जिम्मेवारी र संघले तय गर्ने अबको आन्दोलनको सम्पुर्ण ब्यवस्थापन कार्यवाहाक अध्यक्ष पुष्प श्रेष्ठले गर्नु हुने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिएका छन्।

संघले आज मात्रै महंगी,कालोबजारी र भ्रष्टचार बिरुद्ध सडक आन्दोलन पुष्प श्रेष्ठको नेतृत्वमा गरेको थियो॥


प्रतिक्रिया