`

उपमहासचिव खतिवडालाई मातृशोक

Nepal One HD १९ भदौ २०८० ११:१८
प्रमुख खबर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

उहाँकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिनुभयो । मालतीका एक छोरा र तीन छोरी हुनुहुन्छ ।

उहाँको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।


प्रतिक्रिया