`

माओवादीमा छोरी ज्वाइँ, भाइ, भतिजा सप्रिए, कार्यकर्ता तड्पिए : एमाले अध्यक्ष ओली

Nepal One HD १८ असोज २०८० १६:३९
प्रमुख खबर

काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा सप्रिए पनि तमाम माओवादी कार्यकर्ता तड्पीन बाध्य भएको आरोप लगाएका छन् । आज पार्टी कार्यालय च्यासलमा बाराका नेता शिवचन्द्र कुशवाहलाई एमाले प्रवेश गराउदै ओलीले गरिवी निवारण गर्न सक्ने, सामाजिक समानता कायम गर्न सक्ने पार्टी एमाले बाहेक अरु कुनै नरहेको दावी गरे । नयाँ भनिएका पार्टीहरुसंग देशलाई हाक्न सक्ने कुनै सोच र योजना नरहेको उनको भनाइ छ । नयाँ पार्टीहरुसंग सहि ढंगले उम्मेदवार चयन गर्न सक्ने क्षमता समेत नरहेको र पुराना भन्ने पार्टीहरुले पनि केहि गर्न नसकेको उनले बताए ।

कांग्रेस पार्टी थोत्रो भएको र ८७ सीट हुँदा पनि ३२ सिटको पछाडी हिडेको भन्दै कांग्रेसको आलोचना गरेका ओलीले माधव नेपाललाई सुहाएपनि कांग्रेसलाई भने माओवादीको पछाडी हिड्न नसुहाउने धारणा राखे । एमाले प्रवेश गर्दै कुशवाहले सहित कार्यदिशा र कार्यनीति नभएका कारण जनयुद्ध लडेका माओवादीहरु, एमालेबाट गएका माओवादीहरु एमालेतर्फ फर्कन थालेको बताए । माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका कुशवाह गएको निर्वाचनमा बारा २ बाट उपेन्द्र यादवसंग पराजय भएका थिए ।


प्रतिक्रिया