`

विदेशिएका नेपालीको कथा समेटिएको फिल्म‘परदेशी २’ को ट्रेलर सार्वजनिक

Nepal One HD १९ असोज २०८० १३:४४
मनोरञ्जन

काठमाडौ– आउँदो शुक्रबारबाट प्रदर्शन हुने तयारीमा रहेको नेपाली फिल्म ‘परदेशी २’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
आज सार्वजनिक गरिएको ट्रेलरले सम्पूर्ण चलचित्रको कथा, द्वन्द्व र चरित्र प्रस्तुत गरेको छ । चलचित्रका मुख्य पात्र प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी र प्रशान्त तामाङलाई चित्रित गरिएको ट्रेलर अर्थ उपार्जनका लागि अमेरिका भासिएका प्रकाशको पात्रमार्फत सुरु गरिएको छ । चलचित्रले मुख्यगरी बुढा बाआमालाई घरमै छाडेर धन कमाउन वा अन्य प्रयोजनका लागि विदेश जाँदा सिर्जना हुने पारिवारिक विचलन र त्यसले सिर्जना गर्ने दरारलाई स्पष्टसंग देखाएको छ ।

निर्देशक नारायण रायमाझीले यसअघि निर्माण गरेका ‘गोर्खापल्टन’ र ‘परदेशी’ चलचित्रकै मनोविज्ञान र संरचना चित्र रहेर नयाँ चलचित्र परदेशी २ ल्याएका हुन् । चलचित्रमा प्रशान्त तामाङलाई लाहुरेको भूमिकामा देखाइएको छ । रमेश बीजीको पटकथा रहेको फिल्मलाई राजेश वंशल र नारायण रायमाझीले निर्माण गरेका हुन् । घटस्थापनाको दुई दिनअघि रिलिज हुन लागेको चलचित्रले दर्शकमा ‘फेस्टिभ मुड’ सिर्जना गर्ने अपेक्षा निर्माताद्धयको छ ।


प्रतिक्रिया