दशैं मनाउन आज बिहानसम्म ४ लाख बढीले काठमाडौ छोडे

अर्थ समाचार

काठमाडौ– नेपालीहरुको महान पर्व दशैँ मनाउनका लागि आजसम्म चार लाख भन्दा बढि यात्रु उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दशैँ मनाउनका लागि सर्वसाधारणहरु उपत्यकाबाट बाहिरिएका हुुन् । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । काठमाडौंको गंगबु, कोटेश्वर, कलंकी लगाएतका स्थानमा समेत घर जाने यात्रुको भीड लागेको छ ।
सरकारले दशैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ । अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट