नयाँ जहाज खरिदका लागि निगमद्धारा बोलपत्र आह्वान
अर्थ समाचार
काठमाडौ- नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको हो । आज खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्ममा छ ।
नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज मात्रै छन् ।
नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले पनि निगमकोे सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
