संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार छौं : गुटेरेस
प्रमुख खबर
काठमाडौ– नेपालको चारदिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् । आज सिंहदरबारमा प्रधानमन्त्री दाहालसंगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा महासचिव गुटरेसले संक्रमणकालीन न्याय अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने बताएका हुन् ।
गुटेरेसले नेपालको आगामी दिन महत्वपूर्ण हुने बताएका छन् । नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको र संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
