भारतको गुलबर्गामा भएको सवारी दुर्घटनामा सुर्खेतका ५ जनाको मृत्यु
प्रमुख खबर
भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार रहेका छन् । यस्तै, दुर्घटनामा रतनका भाइबुहारी सुस्मिता नेवारको पनि मृत्यु भएको चौकुने गाउँपालिकाकाले जनाएको छ ।
उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
