`

भूकम्पमा परी मुत्यु हुनेको संख्या १२८ पुग्यो

Nepal One HD १८ कार्तिक २०८० ७:५८
प्रमुख खबर

काठमाडौं – गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ। राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठुलो क्षति भएको छ ।

आज बिहानसम्म भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जना र रूकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलगायत टोली उद्धारमा खटिएको छ । घाइतेहरुको जिल्ला अस्पताल लगायतमा उपचार भइरहेको छ ।


प्रतिक्रिया