आज कुन देशको विनिमयदर कति ?

अर्थ समाचार

काठमाडौं। आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३२ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १६५ रुपैयाँ २९ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ९७ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा बिक्री दर २८ रुपैयाँ २४ पैसा, साउदी रियाल एकको खरिद दर ३५।४४ रुपैयाँ, बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट