`

विराटनगर, मुलपानी र चितवन क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समेटेर अघि बढाइने

Nepal One HD २३ कार्तिक २०८० १३:५४
अर्थ समाचार

काठमाडौ– सरकारले विराटनगर, मुलपानी र चितवनका गरी तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै, सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया पनि अघि बढाउने भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको मन्त्री शर्माले बताइन् ।


प्रतिक्रिया