`

संविधानको रक्षाका लागि गठबन्धन बनेको हो – प्रकाशमान सिंह

Nepal One HD २४ कार्तिक २०८० ९:४७
राजनीति

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख दुःखमा साथ दिनु नै गणेशमान प्रति उच्च सम्मान भएको बताउका छन् । शुक्रबार लौहपुरूष गणेशमान सिंहको १०९ औं जन्मजयन्तिमा आयोजित कार्यक्रममा उनले यस्तो बताउका हुन् । उनले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताए ।

जनताले डेलिभर खोजिरहेको भन्दै उनले जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने ‘जनतालाई डेलिभरी गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । उनले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमति अनुसार नै गठबन्धन अघि बढ्ने पनि बताए ।


प्रतिक्रिया