`

जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार दिइने

Nepal One HD २६ कार्तिक २०८० १५:११
प्रमुख खबर

काठमाडौ– सरकारले जाजरकोट केन्द्रविन्दु भएको भूकम्प पीडितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजारका दरले सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले दुई किस्तामा गरी ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

साथै समितिले बझाङ केन्द्रविन्दु बनाइ गएको भूकम्पबाट पीडितलाई अस्थायी आवासका लागि पनि प्रतिपरिवार ५० हजार उपलब्ध गराउने यसअघिको गृहमन्त्रीस्तरीय निर्णयलाई पनि अनुमोदनसमेत गरेको छ ।


प्रतिक्रिया