चार देश सम्मिलित महिला टी–२० सिरिज, हङकङसामु नेपालको फितलो प्रदर्शन

खेलकुद

काठमाडौ– चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले दोस्रो हार बेहोरेको छ । बिहीबार घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको हो । नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङले भने फाइनल यात्रा तय गरेको छ । दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको थियो । जसका कारण नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमै मात्र १ विकेट गुमाएर पार गर्यो ।
हङकङका लागि नतासा माइल्सले नटआउट ३० रन र शान्जिन शाहजादले नटआउट २० रन जोडेका थिए । त्यसअघि मारिको हिललाई कप्तान इन्दू बर्माले ५ रनमा रनआउट गरेकी थिइन् ।
हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमै अलआउट भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट