`

मधेस प्रदेशसभा सदस्य यादवले लिइन शपथ

Nepal One HD ६ मंसिर २०८० २०:०८
राजनीति

काठमाडौं । मधेस प्रदेशसभा सदस्य सञ्जिलाकुमारी यादवले बुधबार शपथ लिएकी छन् । उनले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानका लागि निर्वाचन आयोगले उनलाई निर्वाचित गरेको थियो । सिरहा निवासी यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य पनि हुन् ।


प्रतिक्रिया