`

पार्षद्वारा बैठकमा ग्रेनेड प्रहारः २६ जना घाइते

Nepal One HD २९ मंसिर २०८० २०:१३
विश्व

एक जना युक्रेनी गाउँ पार्षद्ले बैठकमा सहकर्मीहरूमाथि हाते ग्रिनेड प्रहार गर्दा २६ जना घाइते भएका छन् । घटना शुक्रबार बिहान पश्चिमी युक्रेनको केरेटस्की गाउँ परिषद्को मुख्यालयमा भएको हो।

टेलिग्राममा प्रहरीले पोस्ट गरेको भिडियोमा कालो पहिरन लगाएका एक जना व्यक्ति काउन्सिलको बैठकमा बहस भइरहेका बेला प्रवेश गरेको देखाइएको छ।त्यसपछि उनले आफ्नो खल्तीबाट तीन वटा ह्यान्ड ग्रेनेड निकालेर विस्फोट गराएको देखिन्छ ।

प्रहरीका अनुसार विस्फोटबाट २६ जना घाइते भएका छन् जसमध्ये छ जनाको अवस्था गम्भीर छ पछिल्लो समय रूससँगको युद्धका कारण थुप्रै युक्रेनीहरूसँग हतियारको सहज पहुँच छ । हतियारको सहज पहुँचले यस्ता अनपेक्षित दुर्घटना घटिरहेको पाइएको छ ।


प्रतिक्रिया