`

युक्रेन इयुमा सामेल हुन अझै धेरै बाँकी छः फ्रान्सेली राष्ट्रपति

Nepal One HD ३० मंसिर २०८० ८:०१
विश्व

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनले युरोपेली संघको अन्तिम सदस्यता प्राप्त गर्न अझै धेरै बाँकी रहेको बताउनु भएको छ।युक्रेनको ठूलो कृषि क्षेत्रलाई युरोपेली संघमा स्वागत गर्दा फ्रान्सका किसानहरूमा पर्ने असरबारे सोधिएको प्रश्नको जवाफ दिँदै म्याक्रोनले तयारी गर्न अझै समय बाँकी रहेको जवाफ दिनु भएको छ ।

“हामी युक्रेनको इयुमा हुने भनिएको प्रवेशबाट धेरै टाढा छौं कुनै पनि अवस्थामा विस्तार गर्नुपर्ने भए पनि हाम्रा नियमहरूमा गहिरो सुधार आवश्यक हुनेछ र यो ठूलो कोष वृद्धिबाट मात्र सम्भव हुनेछ,” उहाँले भन्नु भयो।राष्ट्रपतिको यो टिप्पणीबाट युक्रेनले सहजै छिट्टै इयुको सदस्यता पाउने सम्भावना निकै कम देखिन्छ ।


प्रतिक्रिया