`

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज पनि

Nepal One HD ३ पुष २०८० ७:२५
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा पेश भएका प्रतिवेदन पारित गर्ने र विभिन्न निर्णय गरिने बताइएको छ ।

हिजोको बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्य रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्य बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्य विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धब पौडेलले संयोजन गरेका थिए । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज ११ बजे बस्ने गरी सकिएको छ ।


प्रतिक्रिया