‘निषेधको राजनीतिले मुलुक अघि बढ्दैन’- महासचिव गुरुङ
राजनीति
लमजुङ, ६ पुस : नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताउनुभएको छ ।
बेँसीसहर नगरपालिका–५ नाल्मास्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पुस ३ गतेदेखि सञ्चालित हीरक जयन्ती तथा प्रथम नाल्मा महोत्सवको समापन गर्दै उहाँले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताउनुभयो । उहाँले सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको बताउनुभयो ।
शिक्षा नै देश विकासको आधार रहेको बताउँदै महासचिव गुरुङले भन्नुभयो, “शिक्षाको विकासका लागि नाल्मावासीले गरेको पहल, प्रयास धेरै प्रशंसनीय रहेको छ ।” गण्डकी प्रदेशसभाका सदस्य तथा नेपाली कांग्रेस लमजुङका निवर्तमान अध्यक्ष भेषबहादुर पौडेलले नाल्मावासीको विकासका लागि सधैँ आफू साथमा रहने बताउनुभयो ।–
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
