`

आजदेखि उच्च अदालतमा स्वचालित पेसी प्रणाली

Nepal One HD ८ पुष २०८० १२:२३
प्रमुख खबर

काठमाडौ । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु गरिएको छ ।
यसअघि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था गरिँदै आइएको थियो । पाटन उच्च अदालतमा एक कार्यक्रम गरी प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले नयाँ प्रणालीको सुरुवात गरेका हुन् ।

स्वचालित पेसी व्यवस्थापन भएपछि कर्मचारीहरूले आफ्नो इच्छा अनुसार तारिख तोक्ने हालको पद्दति हट्ने विश्वास लिइएको छ । यसअघि प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेसी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।

तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागू गर्न सुझाव दिएको थियो ।


प्रतिक्रिया