कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस
प्रमुख खबर
काठमाठौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।
आइतबार बसेको न्यायपरिषद्को बैठकले कुँवर र पौडेललाई न्यायाधीश सिफारिस गरेको हो । दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश छँदा कुँवरले उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका थिए ।
त्यस्तै बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश चन्द्रबहादुर सारुको नेपालगन्ज इजलासमा सरुवा गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
